राजनीति

ओली सरकारप्रति नेता धनराज किन बिच्किए ? फेसबुकमा लेखे यस्तो स्टाटस

काठमाडौं । नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले पूर्व भिआइपीहरुलाइ बढाइएको सेवासेविधाको तिब्र विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारको जनविरोधी निर्णयप्रति कटाक्ष गरेका हुन् ।

गरिब जनताले सामान्य ज्वरो आउदाँ सिटामोल नपाउने तर पूर्व बिशिष्टहरुको तलब भत्ता बढ्दै गएको भन्दै यसमा उनले दुःख व्यक्त गरेका छन् ।

उनले स्टाटसमा सरकारले गरेको कामको अनूभुत जनताले कहिले गर्न पाउने हो ? भन्दै प्रश्न गरेका छन्, कठै मेरो देश, गरिब जनताले मेरो सरकार भनेर अनुभूति गर्ने दिन कहिले आउने हो ? ।

सरकारले केही साता अघि मात्रै पूर्व बिशिष्टको सेवासुविधा तथा तलब भत्ता बढाउने तयारी गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले गलत निर्णयको तयारी गर्न लागेको प्रति नेता गुरुङ बिच्किएका छन् ।

नेता गुरुङलाइ खरो अभिव्यक्ती दिने नेताका रुपमा चिनिन्छ । उनी आफ्नै पार्टी भित्रको गलत प्रवृत्तिका विरुद्ध खबरदारी गर्दै आएका छन् ।

यस्तो छ नेता धनराजको फेसबुक स्टाटसः-