मनोरञ्जन

सलमान र ज्याक्लीनको ‘रेस ३’ संसारको सबैभन्दा खत्तम फिल्म

काठमाडौं । सुन्दरी नायिका ज्याक्लिन र सलमान खान अभिनित फिल्म ‘रेस थ्री’संसारको सबैभन्दा बेकार फिल्मको सूचीमा परेको छ । फिल्म रिलिज हुनुअघि सलमानको स्टारडम र रेस फ्रेन्चाइजलाई हेर्दा यसले विभिन्न रेकर्ड तोड्ने अनुमान गरिएता पनि फिल्मले सकारात्मक भन्दा पनि नकरात्मक टिप्पणी पाइरहेको छ ।

धेरैजसो सलमानको फिल्मले बक्स अफिसमा रेकर्ड बनाउँछ तर ‘रेस थ्री’ले पाएको नकारात्मक कमेन्टका कारण इन्टरनेट मुभी डेटाबेसको सूचीमा संसारको सबैभन्दा कम रेटेड फिल्ममा समावेश भएको छ ।

यसो त फिल्मले बक्स अफिसमा राम्रो सुरुवात पनि पायो र यसले तीन दिनमा सय करोडको व्यापार गर्यो तर चौथो दिनदेखि यसको व्यापार अत्यन्तै कम भयो । दोस्रो विकेन्डमा फिल्मले केवल १५.३० करोडको व्यापार गर्यो । –एजेन्सी