शिक्षा

आस्था कलेज व्यवस्थापन कलेजको उत्कृष्टतामा

दमक । यहाँस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ । काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका व्यवस्थापन कलेजको मूल्याङ्कनका आधारमा दमक–४ मा रहेको आस्था कलेजले त्यस्तो उत्कृष्टता प्राप्त गरेको हो । देशभरि व्यवस्थापन कलेजको संख्या एक हजार २७४ रहेको छ ।

उत्कृष्टतासँगै कलेजले विस्कुलस् रेटिङ–रेङ्किङ अवार्ड–२०१८ पाएको कलेजका प्रमुख टेकनाथ भण्डारीले बताए । उनले शैक्षिक सुधारसहित अन्य विभिन्न आधारभूत मापदण्ड पूरा गरेका कारण कलेजले पछिल्लोपटक त्यस्तो सफलता प्राप्त गर्न सकेको बताए ।

अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने सो कलेजमा हाल बिबिएसतर्फ ३०० विद्यार्थी रहेका छन् ।
कलेजसँगै माध्यमिक विद्यालयतर्फ एकता एकेडेमीसमेत सञ्चालनमा छ ।