खेलकुद

विश्वकपः मेस्सीको अर्जेन्टिना ‘गर या मर’ को अवस्थामा, बाँकी तिन खेल पनि प्रतिक्षित

काठमाडौं । रसियामा जारी २१ औँ संस्करणको विश्वकपमा मंगलबार राती चार खेल हुदैँछन् । सोमबार देखि तेस्रो चरणका खेल सुरु भएका हुन् ।
आज समूह सि र डि समूहका सबै खेलहरु सकिने बताईएको छ ।

आज हुने पहिलो खेलमा फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरु आमने सामने हुनेछन् । यी दुइ खेल फरक फरक रङ्गशालामा एउटै समय अर्थात नेपाली समय पौने ८ बजे सुरु हुनेछन् ।

फ्रान्सले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने आजको खेलमा बाँकी तिन टोली अन्तिम १६ का लागि संघर्षरत हुनेछन् ।

आजै राती हुने दुइवटा खेल रोमाञ्चक हुने भएका छन् । नेपाली समय अनुसार राती पौने १२ बजे मेस्सीको अर्जेन्टिना र नाइजेरिया तथा आइसल्यान्ड र क्रोएसिया भिड्दैँछन् । क्रोएसियाले यसअघिका खेलमा लगातार जित निकाल्दैँ अन्तिम १६ मा पुगिसकेको छ भने अर्जेन्टिना, नाईजेरिया र आइसल्यान्डका लागि यो खेल महत्वपूर्ण छ ।

स्टार स्ट्राइकर लियोनेल मेस्सीको अर्जेन्टिना र नाइजेरियाबीचको खेललाइ बहुप्रतिक्षाका साथ हेरिएको छ । सुरुवात देखि नै कमजोर प्रदर्शन गर्दै आएको अर्जेटिनाका लागि यो खेल गर या मर को अवस्थामा छ । यो खेलमा अर्जेटिना पराजित भएमा उ विश्वकपबाटै बाहिरिनेछ ।