प्रवास

पल्टु विदेश गएको दशक बित्यो, अहिलेसम्म अत्तोपत्तो छैन

काठमाडौं । नेपालबाट धन कमाउने आश बोकेर विदेश पलाउन भएका कतिपय युवाहरु बर्षौ देखि परिवार तथा आफन्तको सम्पर्क मा आउन नसकेका समाचारहरु आउने गरेका छन् । जनकपुरधामका एक युवक दशबर्ष देखि बेपत्ता भएर परिवार र आफन्तजनका लागि यस्तै दुःखद समाचारमा आएका हुन् ।

त्यहाको सिनुजडा गाउँका पल्टु यादव दश बर्ष अगाडी ओमान गएका थिए । ओमान गएपछि उनी बेपत्ता भएको दश बर्ष बितिसक्दा पनि उनको अत्तोपत्तो छैन् । उनी सम्पर्कबिहिन भएपछि उनका सन्तानहरु सहाराबिहिन बनेका छन् । यादव ओमान गएपछि अरुसँग अनैतिक सम्बन्ध राखेको गाँउलेको आरोप सहन गर्न नसकेर श्रीमतीले आत्महत्या गरेपछि बालबच्चाको बिचल्ली भएको छ । यस अघि पल्टुकी श्रीमती जेनतेन गरेर बालबच्चाको लालनपोषण गर्दै आएकी थिइन् ।

धनुषा जिल्लाबाट युवाहरु रोजगारीका लागि मलेसिया, दुवै, साउदी, कतार, ओमान लगायत देशमा जाने गरेका छन् । नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक १५ सयको हाराहारीमा विदेश पलायन हुने गरेको तथ्याङ् छ तर रोजगारीका लागि विदेश जानु अघि जाने मुलुक कति सुरक्षित छ त्यो भने बुझ्नु नितान्त आवश्यक छ ।