आर्थिक

ज्योतिको नयाँ शाखा गल्छीमा

काठमाडौं । ज्योति विकास बैंकले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । देशव्यापी शाखा विस्तार गर्ने उद्वेश्यअनुरुप बैंकले सोमबारदेखि गल्छीमा नयाा शाखा सञ्चालनमा ल्याएको हो ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।