समाचार

१ किलो अवैध यार्सासहित राजधानीको ज्याठाबाट ३ जनालाइ हतकडी

काठमाडौं । अवैध बहुमुल्य जडिबुटीसहित राजधानीबाट ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत दरबारमार्गकोबाट बिशेष सुचतनाको आधारमा खटिएको प्रहरी टोलीले तिनै जनालाइ सोमबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा कालीकोटका ३४ बर्षीय राज हमाल, कैलालीका ४० बर्षीय नरीलाल कोइराला र जुम्लाका ३८ बर्षीय दान बहादुर रोकाया रहेका छन् ।

हाल तिनै जना काठमाडौंमा बसोबास गर्दै आएका छन् । उनीहरुको साथबाट १ किलो बढी अवैध यार्सागुम्बा बरामद गरिएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।