आर्थिक

सरकारले बाजेको सेकुवामा सिलबन्दी गरिदिएपछि सयौँ कर्मचारीको बेहाल

काठमाडौं । काठमाडौँमा सञ्चालित रेष्टुरेन्ट बाजेको सेकुवाका चारवटा शाखामा सुनकाण्ड प्रकरणबारे अनुसन्धान गर्न गठित समितिले सिलबन्दी गरेपछि त्यसमा कार्यरत कर्मचारीको विचल्ली भएको छ । रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारी सुनकाण्डमा मुछिएपछि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा खटिएको टोलीले रेष्टरेष्टमा छापा मारेर बन्द गरिदिएपछि कर्मचारीको बेहाल भएको हो ।

रेष्टुरेन्टको चार वटा शाखामा सिलबन्दीपछि त्यहाँ कार्यरत करिब ३ सय कर्मचारी बेरोजगार बनेका छन् । बाजेको सेकुवा सञ्चालक भण्डारी फरार छन् । ३ हजार ८ सय किलोको अनुसन्धानमा खटिएको टोलीले गएको जेठ ३० गते रेष्टुरेन्टका शाखामा छापी मारेर सिलबन्दी गरेको थियो ।

यता, कर्मचारीहरुले भने बाजेको सेकुवा सञ्चालनका लागि माग गर्दै आएका छन् । उनीहरुले एक्कासी रेष्टुरेन्ट बन्द गरिएपछि अरु ठाउँमा काम खोज्ने समय पनि नपाएको गुनासो गरेका छन् । कर्मचारीहरुले सरकार माथि विभिन्न गम्भीर प्रश्न समेत उठाएका छन् । एक जनाको नाममा गरिएको छानविनले ३ सय जनाले रोजगारी गुमाएको भन्दै कर्मचारीहरुले सरकारसँग आक्रोश पोखेका छन् ।