समाचार

शंकरदेवका सहायक क्याम्पस प्रमुखलाई नेबिसंघले दल्यो कालोमोसो

काठमाडौं । जेहेन्दार निमुखा गरिबी पिछडिएका विकट स्थानका विद्यार्थी लाई छात्रवृत्ति प्रदान नगरेर पैसा हिनामिना गरेको भन्दै नेबि संघ शंकरदेवका नेता विवेक घिसिङको नेतृत्वको समुहले शंकरदेवका सहायक क्याम्पस प्रमुख धनराज चालिसेलाई कालो मोसो दलेको छ।

भुकम्प पछि त्रिबि ले तोकेको वा क्याम्पसको क्षमता भन्दा बढि विद्यार्थी भर्ना गर्ने तर उचित ब्यब्स्था नगरि मनोमानी ढंगले विद्यार्थीको इच्छा बिपरित निर्णय गरिएको, क्याम्पसको पुस्तकालयमा विद्यार्थीले पढ्नु पर्ने कुनै विषयको पुस्तक उपलब्ध नहुने तर पैसा भने तिर्नुपर्ने र पटकपटक पुस्तकालयमा भएका पुराना सेलेबसका पुस्तकलाई परिवर्तन गर्न अनुरोध गर्दा पनि परिवर्तन नभएको भन्दै नेबि संघ कालो मोसो दल्न बाध्य भएको नेबि संघका नेता विवेक घिसिङले बताएका छन।

खेलकुद का लागि दैनिक विद्यार्थी लाई खेलकुद सामग्री उपलब्ध नहुनु र उचित खानेपानि को ब्यबस्थापन नहुनु,विद्यार्थी हरु सँग क्याम्पस प्रशासन तथा कर्मचारी गैरजिम्मेवार ढंगले प्ररस्तुत हुनुले पनि आफू हरुलाई क्याम्पस विरुद्ध बिद्रोह गर्नु परेको घिसिङले बताए।