खेलकुद

विश्वकप फुटबलमा केनको ह्याट्रिक

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् ।

आज सम्पन्न पानामाविरुद्धको खेलमा केनले हृयाट्रिक गरेका हुन् । उनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए ।

केनले खेलको २२औँ मिनेटमा पहिलो तथा पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् दोस्रो गोल गरेका थिए । केनले खेलको ६२औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै हृयाट्रिक पूरा गरेका हुन् ।

केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनले हालसम्म दुई खेलमा पाँच गोल गरेका छन् । जारी विश्वकपमा हृयाट्रिक गर्ने केन दोस्रो खेलाडी हुन् । यसअघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले हृयाट्रिक गरेका थिए ।

विश्वकप फुटबलको समूह ‘जी’ मा रहेको इंग्ल्यान्डले पानामालाई आज ६–१ गोलअन्तरले पराजित ग¥यो । इंग्ल्यान्डका लागि डिफेन्डर जोन स्टोन्सले दुई तथा जेसे लिन्गार्डले एक गोल गरेका थिए । जितसँगै इंग्ल्यान्डले आफ्नो समूहबाट अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

यस्तै पानामाका तर्फबाट खेलको ७८औँ मिनेटमा फिलिपे बालोयले सान्त्वना गोल गरेका थिए ।