आर्थिक

रत्ननगर नगरपालिकाको बजेट रु चौरासी करोड

रत्ननगर, चितवन । रत्ननगर नगरपालिकाले आगामी आवका लागि रु ८४ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ ।

आज आयोजित तेस्रो नगरसभामा नगरप्रमुख नारायण वनले ५१ बुँदे नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभालाई सम्बाधेन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र पाण्डेले क्रान्ति गर्नभन्दा आर्थिक समृद्धि ल्याउन हजार गुणा बढी अप्ठ्यारो रहेको बताए । “क्रान्ति गर्न जति सजिलो छ, आर्थिक समृद्धि गर्न त्यसको हजार गुणा अप्ठ्यारो छ”– उनले भने, “हर मान्छेले देश बनाउनुपर्छ भन्ने संकल्प गर्नु जरुरी छ ।”

देशको आर्थिक विकासका लागि उद्योग र कलकारखानाको विकास हुनु जरुरी रहेको औँल्याउँदै उनले आम्दानी र रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम अगाडि ल्याइनुपर्नेमा जोड दिए ।

नगरप्रमुख वनले रत्ननगरलाई ‘रत्न’ बनाउने खालका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको दाबी गरे ।