राजनीति

चारैतिर घेराबन्दीमा परेपछि काँग्रेस सभापति देउवा रणनीति तयार गर्न सौराहा रिसोर्टमा !

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहेको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् ।

शनिबार काठमाडौँ फर्किने भनिए पनि उनी फर्किएनन् । तेह्रौँ माधिवेशनबाट साम दाम दण्डभेद अपनाएर शक्तीशाली सभापति बनेका काँग्रेस सभापति देउवा माओबादी अध्यक्ष पुष्पकमल दहालसंग सहमती गरेर प्रधानमन्त्री बनेपछि काँग्रेसबृतमा आलोचित हुन पुगेका थिए ।
प्रधानमन्त्री बनेपछि आईजीपी कण्ड, राजदूत नियुक्ती काण्ड, बीबीसी साझा सवाल काण्ड, प्रधानन्यायाधीश शुशीला कार्कीलाई महाअभियोग लगाउने काण्डलगायतबाट तल्लो तहसम्म ओलोचनाको केन्द्रबिन्दुमा रहे ।
स्थानीय तहको निर्बाचनमा त उनले सरकारमात्र नभएर माओबादीलाई मत माग्न स्थानीय तहसम्म नै गएपछि आलोचना सतहसम्म आयो । अहिले आएर उक्त आलोचनाका कारण काँग्रेस प्रतिपक्षी दल बनेपनि संख्यात्मक हिशाबले असाध्यै सानो पार्टी बन्न पुगेको दोष सभापति देउवालाई ७७ जिल्ला मध्ये अधिकाँगस जिल्ला सभापतिहरुले लगाएका छन् ।
निर्बाचन सफलतापूर्बक सम्पन्न गरेपनि सभापति देउवाले निर्बाचनमा हारको जिम्मेवारी समेत लिन सकेका छैनन् भने पार्टीलाई पुरानै वा अझा बलियो बनाउने चिन्ताका कारण अझै १ २ दिन चिनवनमा नै रहनसक्ने बताईएको छ ।

सभापति देउवाले पाटीका भातृसंस्थाहरलाई बलियो बनाउने, असन्तुष्ट पक्षहरुलाई समेटेर लाने, सरकारलाई राजनीतिक ढंगबाट गर्ने बिरोधको बाटो खोज्ने, पार्टीका तलदेखी माथीसम्मका पार्टी तथा भातृसंस्थाहरुलाई आगामाी निर्बाचनमा बलियो बनाउन लगायतका रणनीति तयार गर्न सभापति देउवा उक्त रिसोर्टमा बसेको एक काँग्रेस प्रदेश साँसदले सुर्यखबरलाई बताए ।