मनोरञ्जन

आनन्दको ‘तिमि सम्म’ बजारमा (भिडियो)

काठमाडौं । चर्चित गायक आनन्द कार्कीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक कार्कीको ‘तिमि सम्म’ बोलको गीतको भिडियो लोकप्रिय सामाजिक सञ्जाल युट्यबमार्फत सार्वजनिक गरिएको हो ।

नेपाली गीत संगतीमा आफ्नो अब्बल छवि बनाएका गायक कार्कीले उक्त गीतलाइ आफ्नौ युट्युब च्यानलबाट बजारमा ल्याएका छन् ।

उक्त गीतलाइ गायक कार्कीले आफ्नै स्वरमा गाएका छन् भने गीतलाइ प्रकाश पुञ्जले लेखेका छन् । माइकल चन्दको निर्देशन रहेका म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्माले खिचेका छन् । उक्त म्युजिक भिडियोलाइ सिलन लम्सालले सम्पादक गरेका छन् ।

यो समाचार तयार पार्दासम्म गीतको भिडियोलाइ ५ हजार बढी पटक हेरिएको छ । भिडियोमा करिब सबै सकारात्मक प्रतिक्रिया आएका छन् ।

भिडियो:-