शिक्षा

भक्तपुरका मल्ल नेपाल टप भएलगत्तै र छात्रातर्फ पर्बतकी अञ्जली पुरी भईन् बोर्ड फस्ट

पर्वत । यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप भईन् ।

भक्तपुरका सार्थक मल्लनेपाल टप भएपनि छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे ।

अहिले सम्म ४.०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले बताए ।

सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन । उनले एनसर नेपालको पुुर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पर्वतकै मोदी गाउँपालिका वडा नं ६ गिज्यानका स्थायी बासिन्दा पुरी परिवार पछिल्लो समय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन् ।

कालीगण्डकी एकेडेमीबाट परिक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३.९५ जिपिए र ६ जनाले ३.९० जिपीए, ३.८५ ६ जना, ३.८० जिपीए ३ , ३.७५ २ जना, ३.७० ४ जना, ३.६५ २ जना, ३.६० ५ जना र ३.५ मा २ जना जिपीए सहित उर्तिण भएका छन् ।

महेन्द्र विद्या आश्रमका छात्र सार्थक मल्ल एसइईमा नेपाल टप, बधाई !