पु.समाचार

सरकारविरुद्ध जंगिदैँ गोविन्द केसीले यसो भने

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको छ । शनिबार डा. केसी नेतृत्वको समूहले राजधानीको माइतीघर मण्डलामा सरकारका विरुद्ध प्रदर्शन गरेका हुन् । सरकारले नागरिक अधिकारको सरक्षाको प्रत्याभूती गराउन नसकेको भन्दै उनको अगुवाइमा माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिएको छ ।

चिकित्सकमाथि हुने धम्की र आक्रमण रोक्नुपर्ने कानुन बनाउनुपर्ने तथा नागरिक अधिकारको सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने लगायतका विभिन्न माग राख्दै प्रदर्शन गरिएको छ । डा. केसीले सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएर नागरिक अधिकारलाइ कुण्ठित पार्न खोजेको आरोप समेत लगाएका छन् ।

शान्तीपूर्ण प्रदर्शन पछि बोल्दैँ डा. केसीले भने, शिक्षा र स्वास्थ्यमाथि भइरहेको व्यापारीकरण र माफियाकरणको अन्त्य गर्न नितान्त आवश्यक छ, डा. केसीले आक्रोशित हुदैँ अघि भने, नेता नै माफिया हुन्, नेता र माफिया खुसी चिकित्सा ऐन ल्याईउने प्रयास भईरहेको छ, यसको हामी घोर विरोध गर्दछौँ’ ।