कर्णाली प्रदेश

सामाजिक कुरीतिविरुद्ध कानूनी साक्षरता अभियान

सुर्खेत । मुलुकको विकास र समृद्धिमा सामाजिक कुरीतिले पारेको नाकारात्मक प्रभाव न्यूनिकरण गर्ने उद्देश्यले सुर्खेतमा कानूनी साक्षरता अभियान सञ्चालन गरिएको छ । हिमालयन बाइबल अध्ययन प्रतिष्ठान काठमाडौँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार आयोजना गरेको कानूनी साक्षरता कार्यक्रममा अधिवक्ता केदारबहादुर खड्काले कर्णाली प्रदेशमा देखिएको बालविवाह, बहुविवाह, दाइजो प्रथालाई कानूनले बर्जित गरेकोबारे जानकारी गराए ।

कानूनको हिसाबमा सामाजिक कुरीतिलाई अँगाल्ने, त्यसलाई कार्य व्यवहारमा लागू गर्ने वा गर्न लगाउने सबै दण्डनीय हो, उनले भने, “सन् १९१० मा जंगबहादुर राणाले ल्याएको मुलुकी ऐन अब विस्थापित हुँदैछ, सरकारले ल्याएको मुलुकी देवानी र अपराध संहितासम्बन्धी कानून राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले आगामी भदौ १ गतेबाट लागू हुँदैछ ।”

अधिवक्ता खड्काले विवाह गर्ने उमेर, कस्तो अवस्थामा विवाह बदर हुन्छ रु अवैध सहवासबाट जन्मने बालबालिकाको सवाल, विभेद, हिंसा र तिनलाई नियमन गर्ने कानूनी प्रावधानका विषयमा पनि जानकारी दिए । समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले मुलुकको गरिबी र सामाजिक कुरीति न्यूनीकरणमा गैरसरकारी संघसंस्थाले नेतृत्यदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।