राजनीति

मूल्यबृद्धी नघटुन्जेलसम्म नेबिसंघ चुप लागेर बस्दैन : अध्यक्ष महर

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघले देशभरका आयल निगमका कार्यलयहरुमा पेट्रोलियम पदार्थको मूल्यबृद्धीको बिरुद्धमा धर्ना दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि चार पटक मूल्यबृद्धी भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघ मूल्यबृद्धीको बिरुद्धमा सरकारसंग पछिल्लो समयमा चिढिएको छ ।

यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सिठ्ठी जुलुस, मसाल जुलुस, प्रधानमन्त्री ओलीको पुत्ला दहन लगायतका कार्यक्रम गरेर सरकारलाई मूल्यबृद्धी फिर्ता गर्न दबाब दिईसकेको नेविसंघले आज सबै आयल निगममा दबाब स्वरुप धर्ना कार्यक्रम राखेको हो ।

नेविसंघले आज आयल निगमको केन्द्रिय कार्यालय बवरमहल काठमाडौंमा धर्ना दिएको हो नेबिसंघका अध्यक्ष नैनसिंह महरले सम्बोधन गर्ने उक्त धर्ना कार्यक्रममा कम्यूनिष्ठ सरकारले गरेको पेट्रोलियम पदार्थमा सरकारले गरेको चरम मुल्यवृद्धिका कारण दैनिक उपभोग्य समानको मुल्यमासमेत चरम वृद्धि हुँदा पुरै नेपाली जनजीवन महंगीको चपेटामा परेकाले आफुहरुले नेविसंघका लागि मात्र नभएर सबै युवा, विद्यार्थी र जनताको लागि आन्दोलन गरेको अध्यक्ष महरले बताएका थिए ।

झडप हुने आसंकामा प्रहीका डीएसपीको कमाण्डमा प्रहरीको बाक्लो उपस्थिती रहेको उक्त धर्ना कार्यक्रममा अनुसंधानका प्रहरीहरु पनि खटाईएको थियो ।

असारको १० गते सातै प्रदेश मुख्य मन्त्रीलाई ज्ञापनपत्र सहित विरोध जुलुस र १२ गते देशव्यापी रुपमा १० मिनेट आफ्नो सवारी साधन रोकेर मूल्य वृद्धिको विरोध स्वरुप हर्न बजाएर कम्युनिष्ट तानाशाही सरकारलाई दबाब दिई जनबिरोधी सरकारलाई मूल्यबृद्धी घटाउन बाध्य नबनाई नेबिसंघ चुव लागेर नबस्ने अध्यक्ष महरले उद्यघोष गरे ।

सरकारले जनताको ढाड सेक्ने गरि गरेको मुल्य वृद्धिका कारण जनता मारमा परेकाले आफुहरु त्यसको विरुद्धमा उत्रिन बाध्य भएको नेविसंघका केन्द्रिय सदस्य सन्जीव न्यौपानेले बताए ।

विद्यार्थीको हात जनताको साथ भन्ने विशेष अभियान लिएर कम्यूनिष्ठ सरकारको भण्डाफोर गर्न नेविसंघले जनता, विद्यार्थी जगाउँदै थप संघर्षका कार्यक्रम गर्न थालेको नेविसंघका केन्द्रीय सदस्य तारक केसीले बताए ।
नेबिसंघका उपाध्यक्ष पुष्पराज शाही, संजय यादब लगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति थियो ।