मनोरञ्जन

गायक आयुशले कसलाइ भने ‘तिमीले उस्लाई रोज्यौ ’ ? (भिडियो हेर्नुहोस्)

काठमाडौं । गायक कर्मा तामाङ आयुशको नयाँ गीत बजारमा आएको छ । गायक कर्मा तामाङको स्वरमा रहेको ‘तिमीले उस्लाई रौज्यौ ’ गीत यतिबेला सार्वजनिक भएको छ । विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त योगी ले लेखेको हुन् भने गायक कर्मा आफैले संगीत गरेका छन ।

सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा प्रेम , सञ्जय , सम्झनाले अभिनय गरेका छन । ‘तिमीले उस्लाई रोज्यौ ’ गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन । पछिल्लो समय आधुनिक गायनमा राम्रो सम्भावना बोकेका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् ।