पत्रपत्रिका

अख्तियारले गर्यो मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोलस्ीसमेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

मुद्धा दायर भएकामा मालपोत, वन र नापी कार्यालयका खरिदार, नायब सुब्बा, शाखा अधिकृत र उपसचिवसमेत छन् ।

उनीहरुविरुद्ध ६५ करोड रुपैयाँ विगो कामय गरी मुद्धा दायर गरिएको छ ।