शिक्षा

एसईईको नतिजा बुधबार सार्वजनिक नहुने, परीक्षा नियन्त्रण कार्यालय यसो भन्छ !

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बुधबार सार्वजनिक गर्नेगरी तयारी गरिएपनि केही प्राविधिक कारणवश नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अुनसार नतिजा अबको एक साताभित्र प्रकाशन हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा प्रकाशन गर्नेगरी तयारी गरिएको थियो । नतिजा सार्वजनिक भईसकेको भन्ने समाचार हल्ला मात्रै भएको र त्यसमा विश्वास नगर्न बोर्डले सुृझाएको छ ।

उत्तर पुस्तिकाको जाँच गर्ने काम सम्पन्न भइसकेको र अहिले परीक्षार्थीको प्राप्ताड्ढ प्रविष्टि गर्ने काम भईरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी र प्राविधिकतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि भएका थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

सार्वजनिक भइसकेपछि नतिजा थाहा पाउन परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक बेबसाइटमा हेर्न सकिनेछ ।