राजनीति

प्रधानमन्त्री ओली र चिनिया राष्ट्रपति सि बीचको वार्ता सुरु

काठमाडौं । चीनको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपटि सि जिङ पिङसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सि बीच अहिले वार्ता जारी छ ।

प्रधानमन्त्री ओलीले सि सँग आधा घण्टा बढी कुराकानी गर्ने जनाइएको छ । भेटवार्तामा दुइ देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक सम्बन्ध लगायतबारे छलफल हुने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गरेका थिए ।

बिहिबार उनले चिनिया समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।