आर्थिक

एभरेष्ट बैंक द्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले सतुंगलमा अवस्थित सामुदायिक बिष्णु देवी शिक्षा सदन लाई एक कार्यत्रमका बीच शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, एलवी प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरेका थिए । उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै भएको ऋब्ःभ्ीक् च्बतष्लन मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।