विचित्र संसार

गज्जबको रेष्टुरेन्टः तपाईं पेटभर खानुस्, पैसा तिर्नुपर्दैन, कारण यस्तो !

काठमाडौं । भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ ।

अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन उपहार प्रदान गरेको हुन्छ । पछिल्लो ११ वर्षदेखि यो रेष्टुरेन्टमा यस्तो निःशुल्क भोजन चलिरहेको छ ।

मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरुले यो रेष्टुरेन्टमा निशुल्क भोजनका लागि सहयोग गरिरहेका छन् । कतिपय ग्राहकले निःशुल्क भोजनका लागि समेत केही दान गरेका हुन्छन् र ग्राहकले दान गरेको त्यो रकम पनि अन्यको निःशुल्क भोजनमै खर्च गरिएको हुन्छ ।

उक्त रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु पनि स्वयंसेवा गरिरहेका छन्, तलब पाउँदैनन् ।

दैनिक ५० जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको छ यो रेष्टुरेन्टले । -एजेन्सी