आर्थिक

आइएमई लाइफ इन्स्योरेन्सको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको एक हजार अंकित मूल्यका दरका ६० लाख कित्ता साधारण शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केटलाई निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्नका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्पmबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्पmका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्व ४० करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्तापूँजी रु. २ अर्व कायम हुने र संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने आइएमइ ग्रुपले जनाएको छ ।

कम्पनीले २०७४ भाद्र ०१ गते देखि कारोवार शुरु गरी हाल सम्म मुलुकभर ५० शाखा उपशाखा मार्पmत वीमा सेवा प्रदान गर्दै आएको छ ।