खेलकुद

स्थगित सान यु –१६ क्रिकेट कप बुधबारबाट

काठमाडौं । बर्षातका कारण जेष्ठ ५ गते सम्म स्थगित गरिएको राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा भएको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ आषाढ ६ गते बुधबारबाट हुने भएको छ ।

बर्षातका कारण मुलपानीस्थित क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण आषाढ ५ गते सम्मका लागि प्रतियोगिता स्थगित गरिएको थियो ।

‘राष्टिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा जेष्ठ २७ गते देखि आषाढ ५ गते सम्म संचालन भईरहेको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ को लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भई आषाढ २ गते देखि क्वाटरफाईनलका खेलहरु संचालन हुन पर्नेमा बर्षातका कारण खेल मैदानमा पानी जम्नका साथै विकेटमा पनि प्रभाव पर्नका कारण प्रतियोगिता संचालन गर्न असमर्थ भएको र खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएकोमा खेलाडीहरुको खेल भावनाको कदर गर्दै खेलाडीहरुले अधिक भन्दा अधिक खेल खेलुन भन्नाका लागि प्राविधिक कमिटि, क्वाटरफाईनल प्रवेश गरेका स्कुल, एकेडेमीका प्रतिनिधी तथा आयोजक कमिटको संयुक्त बैठकबाट मौशम पूर्वानुमानलाई ध्यानमा राख्दै ५ गते सम्मका लागि खेल स्थगित गरिएकोमा मौशममा सुधार आएका कारण बाँकी रहेका क्वाटरफाईनल देखिका प्रतियोगिताहरु मौशममा आउने सामान्य परिवर्तनले असर नपर्ने पूर्वाधारयुक्त किर्तिपूरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा ६ गतेबाट संचालन गरिने भएको छ’ – बिज्ञप्तीमा जनाईएको छ ।

मौशम प्रतिकुलका कारण पुनः खेल संचालन हुन नसके प्रतियोगिता संचालनको नियमानुसार बिजयी टिमको छिनोफानो गरिने पनि जारी बिज्ञप्तीमा जनाईएको छ ।

सोही आधारमा २०७५ आषाढ ६ गते किर्तिपूरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिलो क्वाटरफाईनल खेल समूह ‘ए‘ को विजेता केसिटिसी ‘ए’ र समूह ‘सि‘ को उपविजेता ग्रेट हिमालयन क्रिकेट एकेडेमीको खेल विहान ८:०० बजे तथा समूह ‘बी’ को विजेता ओएसिस र समूह ‘डी’ को उपविजेता आयोजक सान रातो विच दोश्रो क्वाटरफाईनल खेल बिहान ११:०० बजे हुने कार्यक्रम तय भएको आयोजक खेलकुद बिज्ञान प्रतिष्ठानले जनाएको छ । उक्त कुराको जानकारी सम्पूर्ण क्वाटरफाईन प्रवेश गरेका टिमहरुलाई जानकारी गराईसकेको समेत आयोजकले बताए ।