स्वास्थ्य

डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि

काठमाडौं । सोमबार साझँ दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । डा. देवकोटालाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा देवकोटा, बसुधा देवकोटा र मञ्जरी देवकोटाले दागवत्ती दिएका हुन् ।

लाखौंलाइ पूनर्जन्म दिने देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन नेता देखि जनतासम्मको बाक्लो उपस्थिीत देखिएको थियो । पशुपति आर्यघाटमा उनको विद्युतीय शवदाह प्रणालीबाट अन्त्यष्टि गरिएको छ ।

सोमबार साझँ ५ बजे निधन भएका देवकोटाको शव मंगलबार बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुगेका थिए ।

त्यस्तै, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा मोहनराज शर्मा, डा गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि प्रकट गरेका थिए ।