मनोरञ्जन

‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँदै

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुँदैछ । रेस्पोन्सिभ मिडियाको आयोजनामा हुने उक्त अवार्डको

आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

पहिलो पटक हुन लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ५१ विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । यस अवार्डमा देशभरका कलाकर्मीहरुले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्ड सम्बन्धी कुनै पनि जानकारी अवार्डको अफिसियल फेसबुक पेजबाट लिन सकिनेछ ।