गण्डकी प्रदेश

प्रदेश नं ४ विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित ग¥यो ।

आजको बैठकमा ‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले प्रदेशको समृद्धिको आधार आर्थिक पक्ष भएकाले राजश्व प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले कृषि, मनोरञ्जन, पर्यटनलगायतका क्षेत्रमा राजश्व संकलनलाई प्रभावकारी बनाइनुपर्ने र गिट्टी बालुवाजस्ता नदीजन्य वस्तुको उपयोगमा पनि करको दर निर्धारण गरिनुपर्ने बताए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कर वृद्धि मात्रले सर्वसाधारण मर्कामा पर्ने बताउँदै कर निर्धारणमा व्यावहारिक पक्षमाथि ध्यान पु¥याउन आग्रह गरे ।

अर्का सदस्य हरिशरण आचार्यले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोग न्यून गर्दै विद्युत्बाट चल्ने साधनलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि सवारीसाधन कर छुट गरी प्रोत्साहित गर्नुपर्ने बताए ।

छलफलमा उठेका जिज्ञासाको प्रत्युत्तरमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको समृद्धि र विकासलाई लक्ष्य गरी बजेट ल्याइएको बताउँदै यसको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्न आग्रह गरे ।

आजै, मन्त्री गुरुङले विनियोजन विधेयक, २०७५ सभासमक्ष प्रस्तुत गरे । अर्को बैठक बुधबार ११ः०० बजे बस्ने कार्यक्रम छ ।