स्वास्थ्य

उपेन्द्र देवकोटालाइ जनता देखि नेतासम्मले गरे अन्तिम बिदाइ

काठमाडौं । सोमबार साझँ निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तीहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । बाँसबाँरीस्थित न्यूरो अस्पताल बाहिर राखिएको शवमा अन्तिम श्रद्धाञ्जली दिईएको हो ।

अन्तिम श्रद्धाञ्जली सभामा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेकपा केन्द्रिय सदस्य योगेश भट्टाराइ, नेपालका लागि विभिन्न देशका राजदुत लगायत नेता तथा उच्च पदस्थ व्यक्तीहरु सहभागी भएर देवकोटालाइ अन्तिम बिदाइ गरेका छन् ।

देवकोटाको पित्त थलीको क्यान्सरबाट उपचारका क्रममा निधन भएको थियो ।