प्रदेश 2

स्व. विन्दु देवी पाण्डे महिला पत्रकारीता पुरस्कार पत्रकार खड्कालाई

वीरगंज । नेपाल पत्रकार महासंघकी संस्थापक सदस्य स्व। विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारीता पुरस्कार २०७५ बाट महिला पत्रकार कविता खड्का पुरस्कृत भएकी छिन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान र बरिष्ठ पत्रकार जगदिश शर्माले संयुक्त रुपमा ११ हजार रुपैयाँको चेक र सम्मान पत्र सहित उनलाई सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मिडिया सञ्चालकहरुको श्रम शोषणका कारण पहिला भन्दा अहिले सञ्चारमाध्यममा महिला पत्रकार कमी देखिएको बताएका थिए । सोही कमिलाई पुरा गर्न निकट भविष्य मै नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिले श्रमजिवि पत्रकार र महिला पत्रकारहरुका निम्ति कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए ।

उनले साना लगानीका मिडियाहरुका लागी समेत महासंघ प्रोत्साहनका कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए । खड्का राजधानी बाहिर महिलाहरुकै सक्रियतामा पर्साबाट प्रकासित मध्य नेपाल सन्देश साप्ताहीक पत्रिकाकी सम्पादक हुन । २ वर्ष अगाडी पर्सा जिल्लाका महिला पत्रकारहरुको सहभागितामा उनले पक्रिका प्रकाशन सुरु गरेकि थिईन् । यसअघि ८ वर्षदेखी वीरगंजको सामुदायिक रेडियो नारायणी एफ।एम।मा महिला कै विषयमा रेडियो कार्यक्रम चलाउँदै आएकी थिईन् ।

समाजिक सुझबुझ भएकी महिला पत्रकार कविता खड्का रहेकी बरिष्ठ पत्रकार जगदिश शर्माले बताएका थिए । उनले २० वर्ष अगाडी महिलाहरु विद्यालय जान रुचाउँदैन्थे तर त्यही कन्या विद्यालय भए पढ्न जान्थे त्यसैगरी उनले २ वर्षदेखी निरन्तर मध्य नेपाल पत्रिका मार्फत महिला पत्रकारहरुलाई आवद्ध गराई समाजलाई योगदान दिदै आएकोमा प्रशांसा गरेका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने प्रतिष्ठानले महिलाहरुलाई प्रोत्साहित गर्ने काम सराहनिय रहेको बताएका थिए । उनले महिला पत्रकारहरुको सहभागितालाई लिएर एक प्रकारको छलफल आवश्यक्ता रहेकोमा जोड दिएका थिए ।

यसैगरी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पत्रकारको नेतृत्व विकासका जस्ता तालिम, वा कार्यक्रमका लागी महानगरपालिका जहिले पनि तयार रहेको बताएका थिए । भने पुरस्कृत हुनु भएकी महिला पत्रकार कविता खड्कालाई यो पुरस्कारले अझै बढी जिम्मेवार र कर्तव्य निष्ट भई पत्रकारीता गर्न अभिप्रेरित गरोस् भनि शुभकामना व्यक्त गरेकी थिईन् ।

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रतिष्ठानले गर्दै आएको काम महासंघको भएपनी महिलाहरुको प्रतसाहनका निम्त हुदैँ आएको कामलाई महासंघले सधै उतप्रेरण गर्दै जाने बताएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि पर्साकी उपाध्यक्ष मधु राणा, ठाकुरराम बहुमुखि क्याम्पसका प्रध्यापक हरेराम ठाकुर, पत्रकार सरोज खड्का लगायतकाले मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी उषा साह, दिव्य लक्ष्मी शाक्य, स्व। विन्दु देवी पाण्डेकी श्रीमान् सुदर्शनराज पाण्डे, माईति नेपाल पर्साकी संयोजक संगिता पुरी, पत्रकार महेश चन्द्र गौतम, चेली कृषि सहकारीकी संस्थापक अध्यक्ष कमला घिमिरे, फोटो पत्रकार समुह पर्साका अध्यक्ष विजय चौहान, दलित महिला संघकी अध्यक्ष निला राम, सामुदायिक प्रहरी सेवा केन्द्रकी सञ्जु दहाल लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष बिजय प्रकाश विनको सभापतित्वमा समपन्न कार्यक्रमको सहजिकरण विजय भण्डारीले गरेका थिए ।