समाचार

डा. उपेन्द्र देवकोटाको निधनप्रति कांग्रेसद्धारा शोक प्रस्ताव पारित

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनप्रति नेपाली कांग्रेसले शोक प्रस्ताव पारीत गरेको छ । कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले शोक प्रस्ताव पारित गरेको जानकारी दिएको हो ।

देवकाोटाको निधनले पार्टी परिवारलाई अत्यन्तै दुःखीत तुल्याए कांगेसले जनाएको छ । “हजारौं जिवन बचाउन सफल डा. देवकोटाको असामयिक निधन राष्ट्रको लागि ठुलो क्षतिको घटना हो कांग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ, चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणिय क्षतिको घटना पनि हो”

विज्ञप्तीमा अघि भािनएको छ, दुर्गम गाउँमा जन्मीएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहि रहनेछ ।

हेटौडामा आज बसेको केन्द्रीय कार्यसमितिको वैठकले १ (एक) मिनेट मौन धारण गर्दै शोक सन्तप्त परीवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।