राजनीति

जिल्ला सभापतिहरुको भेला हेटौँडामा, देशभरका काँग्रेसजनको चहलपहल बढ्यो

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु भएको छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी ५७५ जनाको अनिबार्य सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

काँग्रेसका लागी कुम्भ मेला समेत मानिएको उक्त भेलाको पूर्ब प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटौाडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराएका थिए।
यसअघिको काँग्रेस जिल्ला सभापतिहरुको भेला काभ्रेको धुलिखेलमा सम्पन्न भएके थियो । झण्डै ५ बर्षका लागी काँग्रेस सत्ता बाहिर बस्ने निश्चित प्रायः भएका बेला सम्पन्न हुन लागेको सभापति भेलाले काँग्रेस कार्यकर्ताहरुमा माहौल श्रृजना समेत गर्नेछ । जिल्ला सभापिति भेला लगत्तै काँग्रेसले महासमिति भेला डाक्ने छ ।

पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला कार्यकर्ताहरुसंग

काँग्रेस केन्द्रीय समिति बैठकले नै जिल्ला सभापति भेला डाक्ने र त्यसको केहीदिनपछि महासमिति बैठक बोलाउने सहमती गरेको थियो ।

सभापति भेलाका कारण मुलुकभरका काँग्रेसजनहरुसमेत काँग्रेस भेलालाई हेर्न आएका छन्, हेटौंडा पुरै सिंगारिएको छ । केहीदिनदेखि नै होटल तथा बजारमा काँग्रेस कार्यकर्ताहरुको चहलपहल बढेको देखिन्छ ।

-केन्द्रीय सदस्यहरु लगायत नेताहरु तस्विर खिचाउदै