राजनीति

प्रधानमन्त्रीले तोके तीन नेतालई कार्यबाहक, सबै पूर्ब एमाले, पूर्ब माओबादी नेता रुष्ट

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यबाहक प्रधानमन्त्रीको रुपमा उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोख्रेललाई तोकेका छन् । भारत भ्रमणमा जाँदा समेत कार्यबाहक प्रधानमन्त्री सम्हालिसकेका मन्त्री पोख्रेलले चाीन भ्रमणमा जाँदा समेत कार्यबाहक प्रधानमन्त्रीको रुपमा मन्त्री परिषद बैठक डाक्ने र सरकार संचालनको जिम्मेवारी निभाउने अवशर पाएका छन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पार्टी अध्यक्षद्वय दुबै मुलुकमा नभएकोले तेस्रो बरियतामा रहेका पूर्ब प्रधानमन्त्री माधबकुमार नेपालले कार्यबाहक अध्यक्षको रुपमा जिम्मेवारी पाएका छन् । त्यस्तै संसदीय दलको नेता समेत प्रधानमन्त्री भएकाले त्यसको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वागंले पाएका छन् ।
नेकपाका अध्यक्षक् तथा प्रधानमन्त्री ओली ५ दिनका लागी चीनमा हुनेछन् भने अर्का नेकपाका अध्यक्ष पुष्पकमल दहाल श्रीमती सीता दहालको उपचारका क्रममा सिंगापुरमा छन् ।

०६४ सालको संबिधान सभा निर्बाचनमा रौतहट र काठमाण्डौ दुबै क्षेत्रबाट निर्बाचनमा हार ब्यहोरेपछि तककालीन महासचिब रहेका माधबकुमार नेपालले आफ्नो पदबाट राजीनामा दिएपछि उनको पार्टीको प्रमूख जिम्मेवारी निभाएको पहिलो हो । अर्का पूर्ब प्रधानमनत्री तथा नेकपाका बरिष्ठ नेता बरियता तोकेको बिषयमा रुष्ट देखिएपछि प्रधानमन्त्री ओलीले नेता खनालको कुरालाई वास्ता गरेका छैनन् ।
पूर्ब माओबादी केन्द्रका एक नेताले सबै कार्यबाहकको रुपमा पूर्ब एमालेका नेताहरुलाई नै दिनु प्रधानमन्त्री तथा अधयक्ष ओलीको राम्रो कदम नभएको दाबी गरेका छन् । उनले नाम नभन्ने सर्तमा भने, ‘दुबै पक्षलाई मिलाएर लानुपथ्र्यो त्यो गर्नुभएन, राम्रो भएन ।’