समाचार

काँग्रेस महासमिति सदस्य आचार्यको निधन, हार्दिक श्रद्धान्जली

काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको मस्तिष्काघातका कारण ६० वर्षको उमेरमा सोमबार निधन भएको छ ।
उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको हो । उहाँको सोमबार राती पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
काठमाडौँ जिल्लाको साविक गोलढुंगा गाउँ विकास समितिका पूर्व अध्यक्ष, विकेन्द्रिकरण समितिका पूर्व सदस्य एवं समाजसेवी आचार्यका श्रीमती र एक छोरी छन् ।
आचार्य काठमाण्र्डौ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा निर्बाचनका प्रत्यासी समेत थिए ।