आर्थिक

आइएमई वल्र्डकप उत्सव–२०१८ सुरु

काठमाडौं । आइएमई र आइएमई पेले आइएमई वल्र्डकप उत्सव २०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताकादर्शक सवै यो उत्सवमा सहभागी हुन सकिने बताईएको छ ।

आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिताजनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इनगर्दै १,००० (एक हजार) प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्ने आएमईले जनाएको छ ।

खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिनेछ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्ने जनाईएको छ ।

अधिक सङ्ख्याको पोइन्ट प्राप्तगर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्ककजाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कको भ्रमणको अवसर दिइनेछ । प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन । यसरी छनोटमा पर्नेे सेवाग्राहीहरूले दुई सयको आइएमई पे टप अप प्राप्त गर्नेछन् ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भागलिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालमा बसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नुपर्नेछ ।  थप जानकारीको लागि आइएमईको टोल फ्रिनम्बर १६६००१५१५१५ अथवा ००९७७–०१–४४३०६०० वा

१६६००१६१६१६ अथवा ००९७७–०१–४००२६६० वा ई–मेल [email protected] सहित सम्पर्क गर्न सकिनेछ ।