गण्डकी प्रदेश

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

बाबियाचौर, म्याग्दी । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ । सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ ।

प्राध्यापक डा गणेशमान गुरुङको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्वविद्यालय र महाविद्यालयको सम्भाव्यता अध्ययन शुरु गरेको हो । गत जेठ १८ गते मन्त्रालयको निर्णय अनुसार गठन भएको कार्यदलले जेठ २४ गतेदेखि विभिन्न जिल्लामा सुझाव संकलन लिने काम गर्दैआएको छ ।

विकासका लागि दक्ष, सक्षम र योग्य जनशक्ति तयार पार्ने उद्देश्यले स्थापना हुन लागेको प्रादेशिक विश्वविद्यालय र महाविद्यालयको आवश्यकता, यसको फाइदा, सम्भावना र चुनौतीको विषयमा जनप्रतिनिधि, निजी क्षेत्र तथा वुिद्धजिविसँग छलफल गरिरहेको कार्यदलकी सदस्य दिवाकुमारी पुनले बताइन् ।