अन्तर्राष्ट्रिय

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

कानो, नाइजेरिया । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् ।

बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमणकारीले विष्फोट गराएका बताइएको छ ।

सरकार पक्षधर लडाकू नेता बाबाकुरा कोलोले भने, आक्रमण बोको हराम समूहले गराएको भन्ने बिषयमा कुनै शङ्का छैन । घटनापछि पनि ग्रिनेडको सहयोगमा घटनामा उद्धार गरिरहेका र उद्धारका समय वरपर बसेर हेरिरहेका सर्वसाधारणलाई आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । घाइतेमध्ये केही मानिसको अवस्था गम्भीर रहेको बताउदै मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ ।

नाइजेरियामा बोको हरामविरुद्ध लगातार सरकारले चलाएको सुरक्षा कारबाही पछि पछिल्लो समय बोको हरामका गतिविधिमा केही कमी देखिएका समय उत्तरी क्षेत्रमा पुनः आक्रमण भएको हो ।