अन्तर्राष्ट्रिय

युद्धविरामका समय पूर्वी अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा १० को मृत्यु

जलालावाद, अफगानिस्तान । अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा गराइएको आत्मघाती वम विस्फोटका कारण आइतबार १० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

तालिवान विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण युद्धविरामको घोषणापछि केही तनावरहित अवस्थामा रहेका समय गराइएको आत्मघाती विष्फोटमा उनीहरूको मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयका प्रवक्ताले एएफपीलाई जानकारी गराए ।

नानगाहरका प्रान्तीय गभर्नरको कार्यालयलाई लक्षित गरी गराइएको अफगानी सुरक्षा स्रोतले पुष्टि गर्दै घटनामा १० जनाको मृत्यु भएको र केही घाइते भएको बताएको छ । घाइते हरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।

नानगाहरमा शनिबार पनि आत्मघाति विष्फोट गराइएको थियो । उक्त घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा कम्तीमा १६ जना घाइते भएका थिए । घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।