आर्थिक

प्रभु समुहको प्रभु टिभि नेपालमा

काठमाडौं । प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टि.भि. को सेवा प्रारम्भ गरेको छ । यसका साथै सुचना प्रविधिको विकासको क्रम संगै ओटिटि ९इत्त्० प्रणालीमा आधारित भएर मोबाईल, ट्याब्लेट तथा ल्याबटपमा समेत आफुले छानेको च्यानलहरु हेर्न सकिनेछ ।

आजको आयोजित कार्यक्रममा प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले यस सेवाको प्रदर्शन गरि शुभारम्भ गरे । नेपाल सरकारबाट लाईसेन्स प्राप्त संस्थाले प्रभु टि.भि. कल साईनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरुको प्रशारण सेवा प्रदान गर्नेछ । यस प्रभु टिभि कल साईन मार्फत म्ख्द्य(त्द्द प्रविधि मा आधारित भएर विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिभि च्यानलहरु टिभि तथा इत्त् प्रविधिमा मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटको माध्यमबाट देशभरि नै वितरण गर्नेछ ।

प्रभु टिभिको आधिकारिक सेटअप बक्स र जडान गर्न सहज एटिनाको खरीद संगै ग्राहकलाई सबै स्थानिय प्रशारित टिभि च्यानलहरुको पहुंच हुनेछ । यसका साथै अन्र्तराष्ट्रिय टिभि च्यानलहरु र विशेष कार्यक्रमहरु समेत उच्च गुण स्तरमा न्युनतम शुल्कमा हेर्न सकिनेछ ।

प्रारम्भिक रुपमा यस प्रभु टिभिले काठमाण्डौ, चितवन र पोखरामा आफ्ना सेवाहरु प्रदान गर्ने भएतापनि भविष्यमा अन्य स्थानहरुमा क्रमिक रुपमा विस्तार गर्दै लैजानेछ । निकट भविष्यमा पुर्वांचल क्षेत्र, बुटवल भैरहवा, नेपालगंज, कोहलपुरमा समेत प्रशारण गर्ने लक्ष्य लिईएकोछ । प्रभु टिभिले विभिन्न प्रकारका च्यानलहरु वालवालिका, चलचित्र, खेलकुद, संगीत, मनोरंजन र सुचनामुलक नेपाली तथा अन्र्तराष्ट्रिय च्यानलहरु समेत हेर्न सकिनेछ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न प्रारम्भिक प्याकेजहरुको व्यवस्था गरिएको जनाइएको छ, जस अन्र्तगत एकल प्रयोगकर्ताको हकमा छ महिनाको शुल्क १ हजार ६ सय तथा सेटअप बक्स वापत १ हजार र संस्थागत प्रयोगकर्ताहरुलाई मासिक २ सय सेटअप बक्स वापत ८ सय पर्ने बताइएको छ ।

प्रभु समुह अन्र्तगत बैकिङ्ग, विमा, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर, व्यवस्थापन र संचार क्षेत्र संग सम्बन्धित विभिन्न कम्पनीहरु आवद्ध रहेका छन ।