विचार/ब्लग

‘ओली सरकारबाट समृद्धि होइन मुल्यबृद्धिको आश गरौ”

अनुराग शाह/काठमाडौं । तत्कालिन नेकपा माओवादीु नेकपा एमाले र् संघिय समाजबादी फोरमको समिकरण बाट दुई तिहाई भन्दा बढी मत प्राप्त गरेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीबाट देश समृद्धि भन्दा पनि मुल्यवृद्धि भएको छ ।

सरकारले पछील्लो एक महिनामा इन्धनमा पाँच पटक मुल्यबृद्धि गर्‍यो भने दैनिक उपभोग्य बस्तुको मुल्य पनि दोब्बरले बढेको छ । स्थानिय, प्रदेश र प्रतिनिधि सभा चुनावमा भारत सँग नझुक्ने र राष्ट«वादका बारेमा कसैसँग सम्झौता नगर्ने देशमा सुशासनन सहित समृद्धि ल्याउने बाचा गरेका केपी ओलीले अहिले बहुमत प्राप्त गरेपछी दम्भ र अहमता देखाएर जनतालाई मुल्य बृदि उपहार दिएका छन् । सरकार बनेको मिती देखी अहिलेसम्म सरकारले गरेका राम्रा काम भन्दा चौगुना नराम्रा गतिबिधीहरु बाहिर आएका छन् । यि गतिबिधिलाई नियाल्दा सरकारले अबको पाँच बर्षामा समृद्धि भन्दा बढी मुल्यबृदि र देशमा आर्थिक बिपत्ती ल्याउने पक्का छ ।

बहुमतका आडमा सरकारले शिक्षा स्वास्थ्य संचारमा मनपरीतन्त्र देखाउन थालेको छ । सरकारलाई कसैले केही प्रश्न सम्म गर्न नपाइने र यदी गरेको खन्डमा बहुमत प्राप्त सरकारको हो जे पनि गर्न सक्छौ भन्ने संकेतिक अभिब्यक्ती सरकारका संचारमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गरेर दिएका छन् ।

खोक्रो राष्टवाद छर्लङ्ग भएपछी लज्जित बनेको सरकारले जनतालाई सुख समृद्धि भन्दा सास्ती दिएको छ । प्रतिपक्ष दल आफ्नै झगडामा रुमल्लिएको मौका छोपेर सरकारले जनताको हित भन्दा आफ्नो हितलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ । कांग्रेस अर्को चुनावमा राम्रो नतिजा चाहन्छ भने जतिसक्दो छिटो आन्तरिक कलहलाई समाधान गरेर अघि बढ्नुपर्छ ।

भ्रमको मनर्केटिङ गर्न माहिर सरकारले यसपटक पनि प्रतिपक्ष दल समयमै सचेत नभए पाँच बर्षपछिको अर्को चुनावमा भ्रमको प्रचारप्रसार गरेर नतिजा आफूतिर ल्याउन सक्छ । हामी कांग्रेशीहरुले उनीहरुको भ्रमलाई जनतासामु छर्लङ्ग पार्न सकेमा मात्रै अर्कोपटक हाम्रो पक्षमा नतिजा आउन सक्छ । एकले अर्काको नामसम्म सुन्न नचाहने उत्तर कोरिया र अमेरिकाले हालैमात्र मित्रताको लागी हात बढाएको कुरालाई ख्याल गरेर हामी पनि आन्तरिक रुपमा लड्नु भन्दा त्यसको समाधान गरेर सरकारसँग लड्नलाई सदनमा सशक्त भूमिका उत्रिनुपर्छ ।

यो कार्यमा हामी जती ढिलो गर्छौ उतिनै नेपाली जनताले केपी ओलीको मनपरीतन्त्रलाई सहनु पर्ने छ । ओलीको महंगीको गोलीले जनता कंगाल हुनेछन् र जनता कंगाल भएपछी देश पनि कंगालको बाटो तर्फ उन्मुख हुने कुरामा दुइमत छैन् । महंगीको गोलीलाई ढाल भनेर छल्न र सरकारका मनपरीतन्त्रका बिरुद्द हामी एक जुट हुन सकेनौ भने ईतिहासले हामीलाई पनि अस्तित्वमै रहन दिदैन् र हामी बिलिन हुनु पर्ने बाध्य अवस्था सिर्जना हुन्छ । संभावित खतरालाई टार्न पनि कांग्रेसले बेलैमा यो सरकारको मनपरीन्त्रलाई अन्त्य गर्न जरुरी छ ।

देशमा लोकतन्त्र भन्दा पनि मनपरी तन्त्र आएको झल्को दिने सरकारले देशलाई बिकाशको गतिमा लिन्छ भनेर अझै पनि नेपाली कांग्रेस चुपचाप लागेर बस्यो भन्यो देशमा ठुलो संकटकाल आउने खतरा छ । कांग्रेसले सयमै सचेत नभए भबिष्यमा फेरी एक पुस्ता आन्दोलन र् चक्काजाममा समर्पित हुनु्पर्नेछ ।

संचार क्षेत्रमा अंकुस लगाउनु सदनमा सभामुख उपसभामुख एउटै दलको हुनु, अघिल्लो सरकारले गरेका हरेक निर्णयहरु जनताको पक्षमा भएपनी खारेज गर्नु, सुरक्षाका महत्वपूर्ण संयन्त्र प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको देशमा अधिनायकवद लाद्न खोज्नु हो । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका राम्रो संग निभाउन नसके ओली सरकारले संबैधानिक संकट निम्त्याउने प्रचुर सम्भावना देखिन्छ ।

यो बेला पनि कांग्रेसले आत्मियता सहितको आत्म अनुशासन र आत्म अनुशासन सहितको सहकार्यलाई जोड दिएन भने कांग्रेस र नेपाली जनताले यो कम्युनिष्टहरुको सरकार बाट दुःख पाउने कुरा प्रष्ट छ । हामी आँफै पहिले भन्दा केही कमजोर भएका छौ ।

अंक गणितमा कमजोर भएको कारण प्रदेशका कुनै पनि सरकारमा हामी छैनौ यस्तो अवस्थामा कांगे्रसले आफ्नो पार्टीमा एकता ल्याउन सकेनौ देशले फेरी धेरै ठुलो संकटको सामना गर्नु पर्छ ।

अरु सँग लड्ने बेला आँफैमा लड्न थालियो भने त्यो आँफैका निम्ती घातक हुन्छ । युवा ब्यक्तिहरुले बुढाको आलोचना गर्नमा समय खेर नफाल्ने र कांग्रेस सुधारका निम्ती पार्टीमा बरिष्ठ नेता सभापति लगायतलाई सम्मान गरेर अघी बढे कांग्रेसलाई अहिले पनि कसैले हल्लाउन सक्दैन र यो बामपन्थीहरुको सरकारले पनि आफ्नो मनपरीतन्त्र अधिनायकवाद बन्द गर्नेछ ।