राजनीति

चित्त दुखाएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्नुपर्छ – गगन थापा

युवा नेता गगन थापाले निर्वाचन हारेको कारण नभई लोकतान्त्रिक पद्धति र संविधान कार्यान्वयन अल्झनमा पर्ने हो कि भन्ने विषयले नेपाली काँग्रेस आत्तिएर छटपटाएको बताए ।

उनले भने, “राजनीति जितेको, चुनाव हारेको अवस्था हो अहिले काँग्रेसको, वर्तमान सरकारले संविधानको पूर्णपालना गरोस्, जनतालाई सेवाप्रवाह राम्रो ढंगले गरोस्, सरकारले राजनीतिक स्थिरता दिएरमात्र हुँदैन, लोकतान्त्रिक संस्कारलाई बलियो बनाओस्, सरकारको त्रुटिपूर्ण सोचले युवा पुस्ता खेर जान्छन् कि, संविधानको पालना हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्न र चिन्ता हो ।”

दुई तिहाइ बहुमतको आडमा सरकारले निर्वाचन आयोग, अदालत र प्रेसमाथि नियन्त्रण गर्न उद्धत रहेको देखिन्छ भन्दै नेता थापाले काँग्रेस प्रश्न र समस्या होइन, उत्तर र समाधान दिने पार्टी बनाउने अभियानमा आफूहरु जुटेको धारणा राखे।

नीति र विचारमा स्पष्ट भएर चित्त दुखाएर बसेका काँग्रेसजनलाई गोलबन्द गर्दै आगामी पाँच वर्षभित्रमा १५ लाख नयाँ मतदातालाई आकर्षण गर्ने अभियानमा पार्टीले दिने जस्तोसुकै जिम्मेवारीलाई शिरोधार्य गरी ५० हजार युवालाई आफू एक्लैले नेपाली काँग्रेसको पक्षमा ल्याउने उनले अठोट व्यक्त गरे । उक्त सम्पर्क समितिले यस अधिवेशनबाट नयाँ नेतृत्वको चयन गर्नेछ ।