खेलकुद

सान यु-१६ क्रिकेट कप स्थगित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा भएको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७२ आषाढ ६ गते सम्मका लागि स्थगित भएको छ । बर्षातका कारण मुलपानीस्थित क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण जेष्ठ ६ गते सम्मका लागि प्रतियोगिता स्थगित गर्नु परेको आयोजक खेलकुद बिज्ञान प्रतिष्ठानले बिज्ञप्ती जारी गरि जानकारी गराएको हो ।

‘राष्टिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा जेष्ठ २७ गते देखि आषाढ ५ गते सम्म संचालन भईरहेको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ को लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भई आषाढ २ गते देखि क्वाटरफाईनलका खेलहरु संचालन हुनु पर्नेमा बर्षातका कारण खेल मैदानमा पानी जम्नका साथै विकेटमा पनि प्रभाव पर्नका कारण प्रतियोगिता संचालन गर्न असमर्थ भएको र खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएकोमा खेलाडीहरुको खेल भावनाको कदर गर्दै खेलाडीहरुले अधिक भन्दा अधिक खेल खेलुन भन्नाका लागि प्राविधिक कमिटि, क्वाटरफाईनल प्रवेश गरेका स्कुल, एकेडेमीका प्रतिनिधी तथा आयोजक कमिटको संयुक्त बैठकबाट मौशम पूर्वानुमानलाई ध्यानमा राख्दै ६ गते सम्मका लागि खेल स्थगित गरिएको छ ।

६ गते मुलपानी क्रिकेट मैदानमा खेल संचालन गरिने र कथंकदाचित उक्त मैदानमा खेल हुन नसकेमा पूर्वाधार युक्त किर्तिपूरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल संचालन गरिने छ । उक्त मैदानमा पनि खेल संचालन हुन नसके प्रतियोगिता संचालनको नियमानुसार बिजयी टिमको छिनोफानो गरिने छ’– खेलकुद बिज्ञान प्रतिष्ठानले जारि गरेको बिज्ञप्तीमा जनाईएको छ ।