समाचार

‘टोल–टोलमा प्रहरी’ अभियान शुरु

काठमाडौँ । स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र सामुदायिक सुरक्षा महाशाखाको आयोजनामा आज टोल–टोलमा प्रहरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिएका गलत प्रवृत्तिका विरुद्धमा प्रहरी कठोर रुपमा उभिनुपर्ने बताए ।

महानिरीक्षक खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठन बनाउन आफू लागेको भन्दै नतिजा आउने गरी काम गर्न सबैलाई निर्देशन दिए ।
गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले प्रहरीले आफ्नो सीमित स्रोत र साधनबीच ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्न टोल–टोलमा प्रहरी कार्यक्रम ल्याएर राम्रो कामको थालनी गरेको बताए ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक गोविन्द थापाले टोलटोलमा भन्दा पनि जनताको मनमनमा प्रहरी संगठनलाई पु¥याउनुपर्ने बताए । प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने, धिरु बस्न्यातलगायतले गृह प्रशासन कार्ययोजना–२०७४ अनुसार नागरिकमैत्री प्रहरी सेवालाई केन्द्रमा राखेर नेपाल प्रहरीले काम गरिरहेको बताए ।

सो अवसरमा प्रहरी नायब उपरीक्षक डा. मेखबहादुर खत्रीले टोलमा प्रहरीको महत्वबारे प्रस्तुतिकरण दिएका थिए । टोलटोलमा प्रहरी लैजानुपर्ने मान्यताअनुसार गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार २०६४ असोज ६ गतेको निर्णयअनुसार प्रहरीले आजदेखि उक्त कार्यक्रमको थालनी गरेको हो ।