मनोरञ्जन

‘छक्का पञ्जा ३’ र ‘जय भोले’ जुध्दैँ

काठमाडौं । ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ जुध्ने भएका छन् । प्रतिक्षित मानिएका दुइ वटै फिल्महरु एउटै मितिमा रिलिज हुने भएका हुन् । दुइ वटा फिल्म एउटै मितिमा रिलिज गरिनु चलचित्रका लागि हानिकारक मानिन्छ ।

दीपाश्री निर्देशित ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ दशैको पूर्वसन्ध्यामा रिलिज हुने भएपछि चलचित्र बृतमा ठूलै हलचल मच्चिएको छ । यद्यपी फिल्म रिलिज हुने मिति भने भय भइनसकेको तर दुवै फिल्म दशै अगावै देशव्यापी प्रदर्शनमा आउने बताईएको छ ।

दुवै चलचित्रको प्रदर्शन मिति फरकफरक हुने बारे दुइ पक्षबीच कुराकानी भइरहेको चर्चित अभिनेता दीपक राज गिरी ले जानकारी दिएका छन् ।