राजनीति

काँग्रेस ट्रेड यूनियन अध्यक्षमा, पौडेल समूहका आचार्यसहित पुरै समूह भारी मतले बिजयी

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल ट्रेड यूनियन काँग्रेसको अधिवेशनले अध्यक्षमा पुष्कर आचार्य निर्बाचित भएका छन् । बर्तमान अध्यक्ष रहेका खिनलनाथ दहाललाई आचार्यले भारी मतले हराएका छन् ।

निर्बाचित आचार्य बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् भने दहाल सभापति देउवा पक्षका हुन् । सभापति देउवा पक्षमा कृष्ण प्रसाद सिटौला समूहले छाडेपछि नेपा शिक्षक यूनियनमा समेत पौडेल पक्षले बाजी मारेको थियो । दहाल र आचार्य दुबै पूर्ब साँंसद हुन् । काँग्रेसको महत्वपूर्ण भातृसंस्थाको रुपमा रहेको नेपाल ट्रेड यूनियनमा समेत पौडेल पक्षले पदाधिकारी समेत सदस्यहरुमा बाजी मारेपछि सभापति देउवा पक्ष बिस्तारै पार्टीभित्र कमजोर भएको देखिन थालेको छ ।

आचार्यले दहाललाई २ सय अठासी मतले हराएका छन् । १५ सय भन्दा बम प्रतिनिधिमा झण्डै ३ सय मतले हराउनु ठूठै मतान्तर मानिन्छ ।

अध्यक्ष पुष्कर आचार्य सहित बिजयी प्यानल को मतपरिणाम निमनानुसार छ:-

केन्द्रीय अध्यक्षः
पुष्कर आचार्य -८१८बिजयी
खिलनाथ दहाल -५३६

वरिष्ठ उपाध्यक्ष
महेन्द्र प्रसाद यादब -६६८बिजयी
अयोध्या यादव-५९७

उपाध्यक्ष खुल्ला
अजय कुमार राई – ७७०बिजयी
तेजेन्द्र कार्की -७९८बिजयी
डिपि अर्याल – ४५०
बम ब. डिसि- ४१५

महिला उपाध्यक्ष
ईन्दिरा सिटौला साप्कोटा-७२५बिजयी
कल्पना अधिकारी -५९९

उपाध्यक्ष सेवा
नेत्र थापा-७६१बिजयी
शंकर लामिछाने -५२८

उपाध्यक्ष उत्पादन
ललित श्रेष्ठ – ८०८बिजयी
युबराज लामा-४७०

उपाध्यक्ष अनौपचारिक
आशा राठौर -७४२बिजयी
नुर मोहम्मद रैन – ४९०

महासचिव
योगेन्द्र कुवर -७४९बिजयी
सन्जय मिश्र -५५१

उप महासचिव
गणेश ब के सि -७११बिजयी
ज्योति कोइराला -७३०बिजयी
जनार्दन निरौला -४८१
काजिमान श्रेष्ठ -५२८

उप महासचिव महिला
राधिका कुइकेल – ८२४बिजयी
कमला लामिछाने – ४६९

उप महासचिव सेवा छेत्र
सिताराम अबस्थी-८११बिजयी
रन्जन थापा -५४९

उप महासचिव उत्पादन छेत्र
इश्वर ब परियार -७११बिजयी
धिरेन्द्र कुमार शिङ्ग -५६३

उप महासचिव अनौपचारिक
राजेश पालिखे-७१५ बिजयी
आत्मराम पौडेल – ५५९

कोषाध्यक्ष
मोहन बस्नेत -७६९ बिजयी
ऋषव घिमिरे -५५३

सह -कोषाध्यक्ष
सुशीला घिमिरे -७९६ बिजयी
तारा राई -५१६
सदस्यहरू प्यानल बमोजिम बिजय भएको समाचार छ ।

तेह्रो महाधिवेशनमा सहयोग पाएका कृष्ण प्रसाद सिटौला, कुलबहादुर गुरुगं, अर्जुन नरसिंह केसी, गगन कुमार थापा लगायतका नेताहरुले सभापति देउवालाई छाडिसकेका छन् भने दरिलो साथ पाएका नेता खुम बहादुर खड्काको निधन भईसकेको छ । यसै हिशाबले जाँदा सभापति देउवालाई चौधौं महाधिवेशन फलामको चिउरा चपाउनुसरह हुने आँकलन गर्न सकिन्छ ।