अन्तर्राष्ट्रिय

लिबियामा अल कायदलक्षित हवाई कारबाही सुरु

त्रिपोली । लिबियाको दक्षिणपूर्वी सहर बानी वालिदमा रहेका अल कायदा आतङ्ककारी समूहआवद्ध इस्लामिक मघरेब (एक्युआइएम) लाई लक्ष्य गर्दै अमेरिकी सुरक्षाबले हवाई कारबाही सुरु गरेको समाचार छ ।

अमेरिकी सुरक्षाबलले सो जानकारी दिएको छ । उक्त क्षेत्रमा विगत लामो समयदेखि विद्रोहीहरुले हिंसा मच्चाएका छन् ।

बाजी वालिद शहरबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा रहको स्थानमा भएको उक्त कारबाही अमेरिकी सेनाको नेतृत्व र लिबिया सरकारको पनि सहभागीतामा रहेको जनाइएको छ ।

यस कारबाहीमा एक आतङ्ककारी मारिएका जर्मनी र अमेरिका आवद्ध कमाण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।