सामाजिक सञ्जाल

काङ्ग्रेस ट्रेड युनियन अधिबेशनमा पैसाको चलखेल, अध्यक्ष रङेहात पक्राउ

काठमाडौ । काठमाडौको प्रदर्शनी मार्गमा सम्पन्न हुन गैरहेको नेपाल ट्रेड युनियन काङ्ग्रेस को छैठौं अधिबेशनका लागि देशै भरी बाट विभिन्न पेशामा आबद्ध श्रमजीवी, पेशाकर्मी, मजदुरहरुको व्यापक उपस्थित रहेको छ।

१७ पदाधिकारीसहित झण्डै ४ दर्जन पदमा आफ्नो उम्मेद्बारी मनोनयन गर्ने सिलसिलामा बिहीबार साँझको समयमा सभापति देउवाले बानेश्वरस्थीत एक ब्याँकक्वेटमा रात्रीभोजको आयोजना समेत गरेका थिए।

आफ्नो गुट हार्ने डरले सडयन्त्र मुलक ढङबाट आयोजना गरिएको सो रात्रीभोजमामा अधिकाँस प्रतिनिधि तथा काँग्रेस नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो। साँझपख पशुपति प्लाजा गौशालामा सुति रहेका मोरङ, सुनसरी झापाका प्रतिनिधिहरुको सयन कक्ष्यमा रमा पौड्यालको साथमा अध्यक्षका प्रत्यासी खिलानाथ दाहाल समेतको समूहले रातको करिब १२:३० बजे प्रबेश गरि पैसा बाढ्न थालेको थियो।

तत्कालै अर्को पुष्कर आचार्यको समुहले यस्ता अनैतिक गतिबिधी देखे पछि तत्काल एक्सन लियो । दाहाललाई रु ६५ हजार नगद बाड्दै गरेको रङेहात पक्रिएपछि आक्रोसित भीडले हातपात समेत गर्दै घोक्राएर लखेटेका थिए। आफ्नो कार्यकालमा मजदुरको हक हितका पक्षमा काम नगरी हमेशा नेताको सेवामा तल्लिन हुँदै आफ्नै रतिभोगमा लागेका दाहाल अहिले चुनाव हार्ने डरले पैसाको खोलो बगाउन उद्धत रहेका छन्। यसरी पैसाको आडमा भेडाबाख्रा सरह मोलमोलाइ गरि किनबेच गर्ने गराउने जो कोहिले चुनाव जिते सङठनको हालत कस्तो बनाउलान? नेतृत्व लिने ब्यक्तीको गलत मानसिकताले गर्दा काङ्ग्रेस जस्तो गरिमामय पार्टीको हालत यसरी खस्किएको छ । यो ट्रेनको अधिबेशनले सिङ्गो काङ्ग्रेस सुधार देख्न चाहाने र नचाहाने बिचको अभिमत छिनोफानो समेत गर्ने छ।

पैसाको आडमा जे पनि गर्ने घमण्ड पालेर बस्ने, जितेर गएपछी कसैलाइ मतलब नगर्ने हरुको सँजाललाई अब पनि नतोड्ने हो भने यस्ले दिर्घकालिन असर पार्ने छ। आफुलाइ बिसुद्द ट्रेडकर्मी भन्न रुचाउने र फेसबूके उम्मेद्बारी घोसणा गरेकी रमा पौडेल जस्ता महिला ट्रेड नेताहरु यसरी रातारात बिक्री हुनु बडो दुखको कुरा हो। मतदातालाइ आफुले बिश्वास गरेको प्रतिनिधि छान्ने नैसर्गिक अधिकार हुन्छ, यस्तो अवसरलाई गैरकानुनी तवरबाट बेपारको मनासायले पैसाको कारोबार गरिनु काँहा सम्मको न्याय हो? यो बडो गम्भीर प्रशन उब्जिएको छ। यस्ता काम सिन्को नभाच्ने तर पैसा बाँडेर चुनाव जित्ने सपना बोकेका भरिया हरुलाइ निस्तेज गर्नु आजको आवस्यकता हो।