राजनीति

तपाई ढुक्क हुनुस, संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गरेका छन् ।

प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले संघीयता देशलाई भारी भएको टिप्पणी गरे । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गरे । उनले भने, “जसोतसो केही वर्ष धानिएला, अन्ततः संघीयता खारेज हुन्छ ।”

अध्यक्ष केसीले नेपालको भू–बनोट, सानो अर्थतन्त्र, सामाजिक, राजनीतिक आदि कारणलेसंघीयता नचाहिने तर्क गरे । फरक प्रसंगमा उनले वर्तमान सरकार इतिहासकै शक्तिशाली रहेको टिप्पणी गरे ।