प्रदेश 1

हतियारसहित एक पक्राउ

संखुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा पेस्तोल र त्यसको गोलीसहित सिलिचोङ गाउँपालिका–५ का केदार राईलार्ई प्रहरीले पक्राउ गरेको छ ।

गएराति प्रहरीको गस्ती टोलीले जाँचका क्रममा ३५ वर्षीय राईको झोलाबाट एक थान स्वचालित पेस्तोल, दुईवटा म्याग्जिन र त्यसको १४ राउण्ड गोली फेला परेको प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए ।

सिलिचोङ–५ याफु घर भएका राई को ३१ प ९५४४ नं को मोटरसाइकलमा खाँदबारीतर्फ आउँदै गर्दा खाँदबारी–३ स्थित मानेभञ्ज्याङबाट पक्राउ परेका हुन् । उनलाई हातहतियार तथा खरखजनाअन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।