राजनीति

नेबिसंघले देशभर प्रधानमन्त्री ओलीको जलायो पुत्ला, सुरक्षाकर्मी मौन

काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा निर्धारित कार्यक्रम अन्तर्गत आज राजधानीको मुटु प्रदशनिमार्ग स्थित बिश्वभाषा क्याम्पस अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्री घटदा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ। जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत आज राजधानीका विभिन्न क्याम्पस अगाडी पुतला दहन गरिएको हो ।

नेविसंघका सह-महामन्त्री प्रेमराज जोशिले दिएको जानकारी अनुसार प्रहरी हस्तक्षपका बाबजुद कार्यक्रम सफल भएको छ । यस्तै चाबहिल, नेपालटार, भृकुटीमण्डप लैनचौर घणटघर ताहाचल पुल्चोक कलन्की बागबजार लगायत देश भर पुतला दहन गरिएको संघका केन्द्रिय सदस्य तारक केसीले जानकारी दिए । नेविसंघले घोषित कार्यक्रम अन्तर्गत ३१ गते देशभर प्रधानमन्त्रीको पुतला दहन गर्ने कार्यक्रम रहेको र असार ३ गते सबै क्याम्पस अगाडी चक्काजाम गरिने पनि केसीले बताए ।

जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ ।

यही अनुसार नेपाल बिद्यार्थी संघले सरकारको बिभिन्न तरीकाले गलत कुराको खबरदारी गरिरहेको छ । पुत्ला जलाउदा समेत नजिकै रहेका सुरक्षाकर्मी मौन रहेका थिए । केहीबेरपछि भने प्रहरीले भीड तितरबितर पार्ने र पुत्ला भिाउने काम गरेको थियो ।